पोखरामा कारको ठक्करबाट मृत्यु भएका एक पैदल यात्रीको अझै भएन सनाखत
पाेखरा | पुस २४, २०८०
कारको ठक्करबाट मृत्यु भएका पैदल यात्रु
पोखरा: पोखरामा कारको ठक्करबाट मृत्यु भएका एक पैदल यात्रीको दुईसाता बितिसक्दा पनि अझै सनाखत हुन सकेको छैन् । बागलुङ बसपार्कबाट जिरोकिमीतर्फ जाँदै गरेको कारले दुईजना पैदल यात्रीलाई गत पुस ९ गते मध्यरातमा पस्र्याङचोकमा ठक्कर दिएको थियो ।
कारले पैदल यात्रीलाई ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो ।
कारको ठक्करबाट मृत्यु भएका बागलुङको ढोरपाटन नगरपालिका घर भई पोखरा बस्ने ढालेन्द्र छन्त्यालको शव केही दिन पछाडि परिवारले बुझेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले सुनगाभा न्यूजलाई जानकारी दिए ।
यस्तै कारको ठक्करबाट मृत्यु भएका अन्दाजी ३०/३५ वर्ष जस्तो देखिने पुरुषको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
कारको ठक्करबाट मृत्यु भएका पैदलय यात्रीको शव पोष्टमार्टम पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङले चलाएको बा १३ च ३७२१ नम्बरको कारले गत पुस ९ गते मध्यरातामा दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

